तपाईँ सुन्दै हुनुहुन्छः

कृषि अनुदान रकममा वृद्धि गरिने

file photo

काठमाडौँ । आगामी आर्थिक वर्ष २०७८–७९ का लागि कृषि क्षेत्रको बजेटमा भारी कटौती भए पनि अनुदान रकममा भने वृद्धि गरिने भएको छ ।

एसोसिएसन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्ट्स (अनाज) ले आयोजना गरेको भर्चुअल कार्यक्रम मार्फत कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव हरिबहादुर केसीले आगामी आव २०७८–७९ का लागि झन्डै चार प्रतिशत अर्थात् ३६ अरब २३ करोडको बजेट विनियोजन हुने भए पनि झन्डै ४० प्रतिशत अर्थात्  १४ अर्ब रकम कृषि अनुदानमा उपलब्ध हुने भएको बताउनुभयो ।
आगामी महिना प्रस्तुत हुने बजेटमा कृषि क्षेत्रका लागि कुनै नौलो कार्यक्रम नहुने तर अनुदानमा ठुलै हिस्सा विनियोजन हुने सह–सचिव केसीले जानकारी दिनुभयो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कूल बजेटको झन्डै २६ प्रतिशत अर्थात् रु ११ अरब युरिया, डिएपी र पोटास मलमा किसानलार्ई अनुदान दिने भएको छ । नेपालको कृषिमा सबै प्रकारका रासायनिक मल गरी झन्डै ७० लाख मेट्रिक टन आवश्यक पर्छ ।
त्यसैगरी नेपाल कृषि अनुसन्धान प्रतिष्ठान (नार्क) का लागि झन्डै चार अर्ब प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका लागि तीन अर्ब २१ करोड विनियोजन हुने भएको छ । विनियोजन भएको उक्त रकम नेपालभर सञ्चालन भइरहेका जोन, सुपर जोन, पकेट, ब्लकमा खर्च हुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button