तपाईँ सुन्दै हुनुहुन्छः

संक्रमितको संख्या ४ लाख नाघ्यो, थप १ सय ३९ जनाको मृत्यु

file photo

काठमाडौँ । आज देशभर ९ हजार २ सय ७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १८ हजार ४ सय ११ नमूनाको परिक्षण गर्दा ९ हजार २ सय ७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज काठमाडौँमा २ हजार ७ सय ७५, ललितपुरमा ५ सय ५ र भक्तपुरमा ३ सय २७ सहित काठमाडौँ उपत्यकामा ३ हजार ६ सय ७ जना संक्रमित थपिएका छन् ।
यो सँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको सङ्ख्या ४ लाख ३ हजार ७ सय ९४ पुगेको छ ।
कोरोना सङ्क्रमणका कारण आज १ सय ३९ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ । कोरोना सङ्कट व्यवस्थापन केन्द्र सीसिएमसीको शव व्यवस्थापन तथ्याङ्कको आधारमा सङ्क्रमणबाट मृत्यु भएकाहरूको थप सङ्ख्यासहित १ सय ३९ को मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
यो सँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३ हजार ८ सय ५९ पुगेको छ ।
आज ४ हजार ७ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । हालसम्म संक्रमण मुक्त हुने दर ७६ प्रतिशत रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button