तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँको व्यास नगरपालिकाकी कोरोना संक्रमित महिलाको मृत्यु

तनहुँ । तनहुँको व्यास नगरपालिकाकी एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । जिल्लाको व्यास–१ की ५७ वर्षिया कोरोना संक्रमित महिलाको वैशाख २७ गते बिहान ८ः५० बजे मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

उपचारको क्रममा पश्चिमाञ्चल सामुदायिक अस्पताल पोखरामा संक्रमित महिलाको मृत्यु भएको निर्देशनालयले जनाएको छ । उनमा सोमबार नै कोरोना संक्रमण पुष्टि भएको थियो ।योसँगै तनहुँमा मृत्यु हुने कोरोना सङ्क्रमितको सङ्ख्या २९ जना पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button