तपाईँ सुन्दै हुनुहुन्छः

इलाममा जेठ १२ सम्म निषेधाज्ञा 

इलाम । इलाममा कोरोना संक्रमित बढ्दै गएपछि गएरातिदेखि निषेधाज्ञा जारी गरिएको छ ।
कोभिड १९ महामारी जिल्लामा तीव्र रुपमा फैलिँदै गएकोले जनस्वास्थ्यमा पर्न सक्ने गम्भीर असरलाई नियन्त्रण गर्न थप सतर्कता अपनाउन यस्तो निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी धुव्र बहादुर खड्काले बताउनुभएको छ ।
निषेधाज्ञा आगामी जेठ १२ गते राती सम्म जारी रहने छ ।  यस अघि इलाम सदरमुकामस्थित इलाम बजारमा क्षेत्रमा अत्यावश्यक बाहेकका सवारी र सर्वसाधारणलाई आवतजावतमा रोक लगाइएको थियो ।
जिल्ला बाहिरबाट भित्रने र बाहिरिने सबै यात्रु बाहक सवारी साधन र जिल्ला भित्र चल्ने सवारी साधनमा सञ्चालनमा रोक लगाइएको छ भने सभा समारोह र भिडभाड हुन दिइने छैन । जिल्लाका सबैजसो स्थानीय तहमा कोरोना संक्रमण फैलिएकोले सतर्कता अपनाइएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button