तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय फुटसल लिग अनिश्चित कालका लागि स्थगित

काठमाडौँ । ‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिग प्रतियोगिता अनिश्चित कालका लागि स्थगित भएको छ ।
कोरोना महामारीका कारण ‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिग स्थगित भएको हो ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले मङ्गलवार एक विज्ञप्ति जारी गर्दै अर्को सूचना नआएसम्मका लागि प्रतियोगिता स्थगित गरिएको जनाएको छ ।
फुटसलको ‘ए’ डिभिजन लिग जेठ १ देखि २२ सम्म पोखराको बहु देशीय कभर्ड हलमा सञ्चालन हुने तालिका रहेको थियो ।
फुटसल लिगका लागि एन्फाले यसअघि नै टिम छनोट गरी सकेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button