तपाईँ सुन्दै हुनुहुन्छः

एमालेको आजको निर्णयले राजनीतिमा लियो नयाँ मोड

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधान २०७२ को धारा ७६ को उपधारा २ बमोजिम दुई वा दुई भन्दा बढी दलको समर्थन प्राप्त सरकार गठन गर्नका लागि आज राती ९ बजे सम्मको समय तोक्नुभएको भए पनि राजनीतिक दलहरू, खासगरी प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसर अन्य प्रतिपक्ष दलहरूले बहुमत सिद्ध गर्न गरेको प्रयासले मूर्त रूप लिन सक्ने सङ्केत अहिलेसम्म देखिएको छैन ।

नेकपा माओवादी केन्द्रको समर्थन पाए पनि जनता समाजवादी दल भित्र दुई धार देखिएको कारण आफ्नो पक्षमा बहुमत पुग्ने स्थिति नदेखेर सत्ता नेतृत्वको कसरतमा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले खासै अग्रसरता देखाएको छैन ।

बहुमतका लागि निर्णायक शक्तिको रुपमा देखिएको जनता समाजवादी दलले आज कार्यकारिणी समितिको बैठक मार्फत् नयाँ सरकारका लागि कसलाई समर्थन गर्ने भन्ने निर्णय गर्न बाँकी रहेको अवस्थामा सत्तारुढ दल नेकपा एमालेभित्र भने पार्टीका दुई खेमाका नेताहरूबिच पार्टी एकता जोगाउन छलफल जारी रहेको छ ।

जसपाका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो ओली नेतृत्व सरकारको विकल्पको पक्षमा हुनुहुन्न । उहाँहरूले यस बारेमा पार्टीको धारणा राष्ट्रपतिलाई अवगत समेत गराईसक्नु भएको छ । जसपाका सांसदहरू ओली पक्ष र विपक्षमा बाँडिदा र एमालेका नेपाल समूहका नेताहरूले सांसद पदबाट राजीनामा नगर्दासम्म कांग्रेस, माओवादी र जसपाका उपेन्द्र–बाबुराम समूहको बहुमत नपुग्ने र राष्ट्रपतिले तोक्नुभएको आज राती ९ बजेसम्मको समय सीमाभित्र नयाँ सरकारको दाबी गर्न नसक्ने परिस्थिति सिर्जना हुँदै गएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज स्थायी कमिटीको बैठकबाट नेता माधवकुमार नेपालसहित चार जना नेतामाथिको कारबाही फुकुवा गरेपछि एमालेको असन्तुष्ट झलनाथ खनाल तथा माधव नेपाल समूहले सांसद पदबाट सामूहिक राजीनामा गर्ने सम्भावना टरेको बुझिन्छ । यद्यपि, यो समूहले अहिलेसम्म कुनै ठोस निर्णय भने गर्न सकेको छैन ।

प्रमुख प्रतिपक्षी दलका नेता एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा एमालेका माधव नेपालसहितका सांसदहरुले संसदबाट राजीनामा गरेर जनता समाजवादी पार्टी एक ढिक्का रहे आफ्नो नेतृत्वमा बहुमतको सरकार बनाउने कोसिस गरिरहनु भएको भए पनि उहाँको त्यो कोसिस आज एमाले स्थायी समितिको निर्णय र जसपाको दुई धारको अलग अलग अडानका कारण सम्भव हुने देखिँदैन ।

जसपाका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो ओली नेतृत्व सरकारको विकल्पको पक्षमा हुनुहुन्न । उहाँहरूले यस बारेमा पार्टीको धारणा राष्ट्रपतिलाई अवगत समेत गराईसक्नु भएको छ । जसपाका सांसदहरू ओली पक्ष र विपक्षमा बाँडिदा र एमालेका नेपाल समूहका नेताहरूले सांसद पदबाट राजीनामा नगर्दासम्म कांग्रेस, माओवादी र जसपाका उपेन्द्र–बाबुराम समूहको बहुमत नपुग्ने र राष्ट्रपतिले तोक्नुभएको आज राती ९ बजेसम्मको समय सीमाभित्र नयाँ सरकारको दाबी गर्न नसक्ने परिस्थिति सिर्जना हुँदै गएको छ ।

यस्तो अवस्थामा संसद्को ठुलो दलको हैसियतले नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई नै राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्नु पर्ने हुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button