तपाईँ सुन्दै हुनुहुन्छः

नयाँ सरकार गठनबारे छलफल भयो, निर्णय भएन प्रवक्ता श्रेष्ठ

File Photo
काठमाडौँ । नेकपा(माओवादी केन्द्र)ले मुलुकको पछिल्लो राजनीतिक अवस्था एवम् नयाँ सरकार गठनका सम्बन्धमा छलफल गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज भएको स्थायी कमिटी बैठकमा नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले आज राति ९ बजेसम्म दिएको समय सीमा, अन्य दलसँग भएको छलफल तथा आवश्यक तयारीका बारेमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जानकारी गराउनुभएको थियो ।
बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले नयाँ सरकार गठनबारे छलफल भए पनि कुनै निर्णय भने नभएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो,  “ ‘हामी अहिले पनि माधवकुमार नेपाल–झलनाथ खनाल पक्षको निर्णय पर्खिरहेका छौँ, अहिलेसम्म उहाँहरूले निर्णय दिनुभएको छैन । उहाँहरूको निर्णय आएपछि मात्र बहुमतको सरकार दाबी गर्न जाने, नजाने निर्णय हुन्छ ।” रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button