तपाईँ सुन्दै हुनुहुन्छः

विद्युतीय कारोबार गर्न बैंकर्स सङ्घको आग्रह

काठमाडौँ । नेपाल बैंकर्स सङ्घले कोरोनाको कहरबिच सुरक्षित तरिकाले विद्युतीय कारोबार गर्न नागरिकलाई आग्रह गरेको छ । सङ्घको आजको बैठकपछि जारी गरिएको विज्ञप्तिमा भनिएको छ, “ डिजिटल बैङ्किङ प्रयोग गर्दा कुनै समस्या आएमा वा सहयोग आवश्यक परेको खण्डमा सम्बन्धित बैङ्कमा फोन वा इमेलमार्फत सम्पर्क गर्न सकिने छ ।”
यस्तै बैङ्कका सबै एटिएम खुला रहनाका साथै बैङ्कका कल सेन्टरसमेत कार्यालय समयभर उपलब्ध हुने जानकारी गराइएको छ । ग्राहकको स्वास्थ्यलाई ध्यानमा राख्दै शाखामा भिडभाड नगर्न तथा जोखिम कम गर्न निषेधाज्ञा अवधिभरका लागि बैङ्कका शाखामार्फत केही सेवा भने निरन्तर रहने सङ्घले जनाएको छ ।
सङ्घले खाताबाट रकम झिक्ने र  नगद जम्मा गर्ने काम रु पचास हजारभन्दा माथि मात्रै हुनेछ । यस्तै रकम स्थानान्तरण, विप्रेषण भुक्तानी र अन्तर्राष्ट्रिय व्यापारका लागि आवश्यक सहजीकरण गरिने जनाइएको छ । सङ्घले घरबाटै कारोबार गर्न तथा आफू र अरूलाई पनि सुरक्षित राख्न आग्रह गरेको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button