तपाईँ सुन्दै हुनुहुन्छः

बैङ्कबाट निश्चित सेवा मात्र प्रवाह

काठमाडौँ । न्यून कर्मचारी राखेर सेवा सञ्चालन गर्दै आएका बैङ्कहरूले अब निश्चित सेवा मात्र प्रवाह गर्ने भएका छन् ।  नेपाल बैंकर्स सङ्घको आज बसेको बैठकले निश्चित शाखाबाट सम्पूर्ण सेवा प्रवाह हुँदा जोखिम बढेको भन्दै शुक्रवारदेखि विभिन्न ५ सेवा मात्र प्रवाह गर्ने निर्णय गरेको हो ।
सङ्घले सबै बैङ्कलाई खाताबाट नगद झिक्ने, खातामा रु ५० हजारभन्दा बढी रकम जम्मा गर्ने, रकम स्थानान्तरण (चेक, कनेक्ट आईपीएस), विप्रेषण भुक्तानी र अन्तर्राष्ट्रिय व्यापार गर्न निर्देशन दिएको छ ।
न्यूनतम रु ५० हजारभन्दा कम जम्मा (डिपोजिट) नगर्ने निर्णय भएको सङ्घका अध्यक्ष भुवन दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार बैङ्कबाट पटक÷पटक हुने कारोबारलाई निरुत्साहित गर्दा नेपाल राष्ट्रa बैङ्कको अनुमतिमा उक्त निर्णय गरिएको हो ।
सङ्घले सरकारले अत्यावश्यक सेवा बाहेक घरबाट बाहिर ननिस्कन गरेको आग्रहको पालना गर्दै डिजिटल बैङ्किङ कारोबारको प्रयोग गर्न आग्रह गरेको छ । बैङ्कले निश्चित सेवा प्रवाह गर्ने भएपछि अब कर्जा सेवा, नयाँ खाता खोल्ने लगायतका कामहरू रोकिने भएका छन् । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button