तपाईँ सुन्दै हुनुहुन्छः

प्रमका लागि भएन दावी पेश

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रधानमन्त्रीका लागि दावी पेश गर्न आह्वान गर्नुभएकामा समयावधिभित्र कसैको पनि दावी पेश हुन नआएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

सो कुरा राष्ट्रपतिको कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले आज राति विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ । राष्ट्रपतिबाट दुई वा दुईभन्दा बढी दलका समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभा सदस्यलाई आज साँझ ९ बजेभित्र प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका समर्थनमा प्रधानमन्त्रीमा नियुक्तिका लागि आफ्नो दावी पेश गर्न यही वैशाख २७ गते आह्वान गरिएको थियो ।

नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम विसं २०७४ फागुन ३ गते नियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले धारा १०० को उपधारा (१) बमोजिम सोमबार प्रतिनिधिसभामा विश्वासको मतका लागि राख्नुभएको प्रस्ताव उपधारा (३) बमोजिम पारित हुन नसकेपछि राष्ट्रपतिबाट सो आह्वान गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button