तपाईँ सुन्दै हुनुहुन्छः

जुम्लामा जडीबुटीबाट ३२ लाख राजश्व सङ्कलन

जुम्ला । डिभिजन वन कार्यालय जुम्लाले ३१ लख राजश्व सङ्कलन गरेको छ ।

चालु आर्थिक वर्षको ९ महिनामा जडीबुटी निर्यात लगायत अन्यबाट करिब ३१ लाख राजश्व सङ्कलन गरेको हो ।

जडीबुटी सङ्कलन तथा निर्यातका लागि सिफारिस बापत २१ लाख २८ हजार ९ सय रुपैयाँ र घर कर्जा बापत उपभोक्ताबाट १० लाख २८ हजार गरी जम्मा ३२ लाख ५८ हजार ९ सय राजश्व सङ्कलन भएको डिभिजन वन कार्यालय जुम्लाका प्रमुख दिनेशजंग खत्रीले बताउनुभयो ।

उहाँले भन्नुभयो,“विगतको भन्दा राजश्व सङ्कलन वृद्धि भएको छ । भने जडीबुटी चोरी निकासी हुने क्रम पनि रोकिएको छ । जडीबुटी संरक्षण तथा वन पैदावारको सुरक्षाका लागि समुदाय स्तरमै हातेमालो गरेका छौ ।”

गत वर्ष घर कर्जाबाट १० लाख ७७ हजार ३ सय र जडीबुटीबाट १ लाख २६ हजार गरी करिब १२ लाख जति मात्रै राजश्व सङ्कलन भएको थियो । तर कोरोना कहरकै बीच पनि चालु आवको चैत मसान्त सम्म करिब ३२ लाख राजश्व सङ्कलन भएको प्रमुख खत्रीको भनाई छ ।

पछिल्लो जडीबुटी चोरी निकासी गर्नु हुँदैन भन्ने चेतना स्थानीय नागरिकका वृद्धि भए पनि वन सम्पादनको संरक्षणमा अझै चुनौती देखिएको प्रमुख खत्री बताउनुहुन्छ  । उहाँले थप्नुभयो, “यस वर्ष समयमै पानी नपर्दा खडेरी लागेको डढेलोका कारण जुम्लाका करिब १ सय हेक्टर बढी वन क्षेत्रमा आगलागी भयो । तर वृक्षारोपण, वन संरक्षणमा नागरिकको चासो देखिदैन् ।”

जिल्लाका ६ वटा इलाका वन कार्यालयको रिपोट अनुसार डढेलोबाट सबैभन्दा प्रभावित क्षेत्रमा करिब १६ हजार बढी सल्लाका बिरुवा रोप्ने लक्ष्य राखेको वन कार्यालयका प्रमुख दिनेशजंश खत्रीले जानकारी दिनुभयो ।

अहिले कोभिडले असर गरे पनि अवस्था सामान्य भएपछि प्रभावित वन क्षेत्रमा बृक्षारोपण गरिने भएको छ । भने कोभिडकै त्रासले गर्दा यसपालि पातारासी, तातोपानी गुठिचौरका स्थानीय तहले जडीबुटी सङ्कलनको सिफारिस लिएका छैनन् ।

तर तातोपानी गाउँपालिका २ जर्मीगाउँका महिलाले भने छिनारा सामुदायिक वन तथा राष्ट्रिय वनको संरक्षणमा जुटेको पाइएको छ ।

विगतमा आगलागी हुँदा महिलाकै सक्रियतामा निभाउनेदेखि अहिले वन क्षेत्रको रेखदेख पनि नियमित भइरहेको तातोपानी २ जर्मीकी  स्थानीय महिला बेलु चनाराले बताउनुभयो ।

जुम्लामा रहेका साढे २ सय बढी सामुदायिक बनहरूले अझै सन्तोषजनक राजश्व सङ्कलन तथा वन संरक्षणको काम गर्न सकेका छैनन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button