तपाईँ सुन्दै हुनुहुन्छः

लेष्टर सिटीलाई एफए कप फूटबलको उपाधि

काठमाडौं । लेष्टर सिटीले एफए कप फूटबलको उपाधि जितेको छ ।

साविक उपविजेता चेल्सीलाई १–० गोलले हराउँदै लेष्टरले पहिलो पटक एफए कपको उपाधि उचालेको हो । क्लब स्थापना भएको १ सय ३७ वर्षे इतिहासमा लेष्टरले इंग्लिस फूटबलकै एक पुरानो प्रतियोगिता जितेको हो ।

यसअघि चार पटक फाइनलमा पराजित भएको लेष्टर ५२ वर्षपछि फाइनलमा पुगेको थियो । त्यस्तै प्रिमियर लीगमा शीर्ष डिभिजन खेल्ने क्लब मध्ये एफए कप जित्ने नसक्ने एउटै टोली लेष्टर मात्रै थियो ।

लण्डनको वेम्ले रंगशालामा लेष्टरलाई जित दिलाउन युरी टियलीमान्सको एकमात्र गोल नै निर्णायक रह्यो । उनले ६३ औं मिनेटमा गोल गर्न सफल भएका थिए ।

उता चेल्सीले ८९ औं मिनेटमा गोल गरेपनि भीएआर प्रविधिमार्फत त्यो अफसाइड देखिएको थियो । यस्तै १५ पटक फाइनल खेलेको चेल्सीले यसअघि आठौं पटक उपाधि जितिसकेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button