तपाईँ सुन्दै हुनुहुन्छः

कोरोनाका कारण प्रतिभावान् खेलाडी यादवको मृत्यु 

जनकपुरधाम । प्रदेश नंं २ का एक प्रतिभावान् खेलाडीको कोरोना सङ्क्रमणका कारणले मृत्यु भएको छ ।
नेपाल क्युकोशिन कान कराँते सङ्घ प्रदेश नंं २ का अध्यक्ष वैद्यनाथ यादवको उपचारको क्रममा काठमाडौँको ट्रमा सेन्टरमा आज मृत्यु भएको हो । विगत केही दिनदेखि कोरोनाले संक्रमित भएका यादवलाई जनकपुरधाममा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौँ लगिएको थियो ।
रुघा खोकी, ज्वरो सहितको समस्या भएर श्वास प्रश्वासमा समस्या आएपछि भेन्टिलेटरमा उपचाररत यादवको मृत्यु भएको हो । प्रदेश स्तरीय विभिन्न खेलकुदको आयोजनामा सक्रिय यादवको निधनले प्रदेशको खेलकुदको क्षेत्रमा ठुलो क्षति भएको महसुस गरिन थालेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button