तपाईँ सुन्दै हुनुहुन्छः

प्रेस युनियन सुनसरीद्वारा मोबाइल डाक्टर सेवा सुरु 

सुनसरी । नेपाल प्रेस युनियन सुनसरीले कोरोना संक्रमित सञ्चारकर्मीहरूलाई घरमै गएर परामर्श दिने भएको छ ।
प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीका अनुसार सुनसरीका कोरोना संक्रमित सञ्चारकर्मीहरूलाई घरमै गएर डाक्टर, नर्ससहितको निःशुल्क परामर्श दिइने भएको हो ।
दोस्रो चरणको कोरोनाबाट सुनसरीमा झन्डै एक दर्जन सञ्चारकर्मी कोरोना संक्रमित भएका छन् । केही संक्रमितहरु अस्पतालमा उपचाररत छन् भने केही संक्रमितहरु घरमै आइसोलेट भएर बसेका छन् ।
अधिकारीका अनुसार डा. अमित कुमार खतिवडा (मेडिकल  अधिकृत) र स्टाफ नर्स किरण चौधरीले संक्रमित सञ्चारकर्मीलाई घरमै गएर निःशुल्क परामर्श गर्ने र आवश्यक औषधोपचार गर्ने गरी युनियनले तयारी अघि बढाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button