तपाईँ सुन्दै हुनुहुन्छः

भेरी अस्पतालमा स्वास्थ्य सहायता कक्ष सञ्चालन

बाँके । नेपालगन्जको भेरी अस्पतालमा स्वास्थ्य सहायता कक्ष उद्घाटन गरिएको छ ।
कोभिड १९ का बिरामीहरूको सहयोगार्थ नेपालिज अमेरिकन च्याम्बर आफ कमर्स तथा टेक्सास नेपालिज मेडिकल एसोसिएसनको सहयोग, डिसिसिएमसि बाँके र भेरी अस्पतालको समन्वय तथा बास नेपालको व्यवस्थापनमा सो स्वास्थ्य डेस्क सञ्चालन गरिएको हो ।
भेरी अस्पतालको आकस्मिक कक्ष अगाडी स्थापना गरिएको स्वास्थ्य डेस्कको आज एक कार्यक्रमका बिच भेरी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रमोद कुमार धिताल र भेरी अस्पतालका प्रमुख डा. प्रकाश बहादुर थापाले उद्घाटन गर्नुभयो । स्वास्थ्य डेस्कको उद्घाटन भएसँगै आइतबारबाट नै डेस्कबाट सेवा प्रारम्भ गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button