तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय सभा सदस्यमा एमालेबाट खड्का र गठबन्धनबाट पाण्डेकाे मनाेनयन

घोराही । लुम्बिनी प्रदेशमा जेठ १७ गते हुने राष्ट्रिय सभा सदस्य चयनका लागि हुने निर्वाचनमा नेकपा एमाले एक्लै र नेपाली कांग्रेस, नेकपा (माओवादी-केन्द्र) राष्ट्रिय जनमाेर्चा, जनता समाजवादी पार्टी (उपेन्द्र पक्ष) काे गठबन्धन चुनावी मैदानमा उत्रिएका छन् ।

नेकपा एमालेको तर्फबाट चन्द्रबहादुर खड्काले राष्ट्रिय सभा सदस्य पदका लागि उम्मेदवारी दिनुभएको छ । नेकपा (माओवादी-केन्द्र) काे पक्षबाट चार बर्से कार्यकालका लागि राष्ट्रिय सभा सदस्य बन्नुभएका खड्का नेकपा एमालेमा प्रवेश गरेपछि पार्टिले कारबाही गरेको थियो । राष्ट्रिय सभा सदस्यको पद रिक्त भएपछि अहिले निर्वाचन गर्न थालिएको हाे । खड्का मालारानी-५ अर्घाखाँची निवासी हुनुहुन्छ । अहिले उहाँलाई नेकपा एमालेले जिल्ला इन्चार्जको जिम्मेवारी दिएको छ ।

दृगनारायण पाण्डे नेपाली कांग्रेस, नेकपा (माओवादी-केन्द्र), जसपा (उपेन्द्र पक्षधर) र राष्ट्रिय जनमाेर्चाकाे गठबन्धनबाट राष्ट्रिय सभा सदस्यको उम्मेदवार बन्नुभएको छ । लुम्बिनी प्रदेश सभा सदस्यमा नेकपा एमालेको तर्फबाट निर्वाचित हुनुभएका थियो । प्रदेश सभा सदस्य निर्वाचनमा उम्मेदवार बन्नु अघि उहाँ नेपाली कांग्रेस पार्टीमा प्रवेश गर्नुभएको थियो ।

चुनाव लड्न एमाले बन्नुभएका पाण्डे अहिले राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाइने भएपछि लुम्बिनी प्रदेशसभा सदस्य पदबाट राजीनामा गर्नुभएको थियो । राजीनामा लगत्तै उहाँ नेपाली काँग्रेसमा प्रवेश गर्नुभयो । उहाँकाे घर कपिलवस्तु जिल्लामा पर्छ ।

राष्ट्रिय सभा सदस्यको निर्वाचनमा मतभार प्रदेशकाे १ बराबर ४८ र स्थानीय तहकाे १ बराबर १८ हाे । राष्ट्रिय सभा सदस्य चयनका लागि प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख-उपप्रमुख मतदाता हुन । लुम्बिनी प्रदेशमा रहेका १०९ स्थानीय तहमा नेकपा एमालेका ९१, नेपाली कांग्रेस ६४, नेकपा (माओवादी-केन्द्र) ३९, जसपा १३, राष्ट्रिय जनमाेर्चा ५, राप्रपा २ र स्वतन्त्र ४ जना रहेका छन् ।

लुम्बिनी प्रदेश सभामा नेकपा एमाले ४२ जना सांसद हुन । तर, बिमला अाेलीले(माओवादी-केन्द्र) रोजेकी छिन भने अम्बरबहादुर डाँगीले राजीनामा दिएका छन् । दृगनारायण पाण्डेले पनि प्रदेश सभा सदस्यबाट राजीनामा दिएर नेपाली कांग्रेस प्रवेश गरेका छन् । अहिले एमालेका ३९ जना सांसद छन् । नेपाली काँग्रेसका १९, नेकपा (माओवादी-केन्द्र)का १८, राष्ट्रिय जनमाेर्चा १, राजपा उपेन्द्र पक्षका २ जना सांसद छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button