तपाईँ सुन्दै हुनुहुन्छः

उपप्रमुख चौधरीको निधन प्रति दुख व्यक्त गर्दै सप्तरीमा भोलि सम्पूर्ण पालिकाहरू बन्द गरिने

सप्तरी । सप्तरीमा भोलि सम्पूर्ण स्थानीय तहहरू बन्द हुने भएका छन् ।
सप्तरीको सप्तकोशी नगरपालिका उप–प्रमुख आशा चौधरीको आज भएको निधन प्रति दुख प्रकट गर्दै जिल्लाका सबै स्थानीय तहहरू भोलि ५ गते बुधवार बन्द गर्ने निर्णय भएको हो ।
मङ्गलवार जिल्ला समन्वय समिति सप्तरीको कार्यालयमा सबै पालिका प्रमुखहरूको बैठकले जिल्लाका स्थानीय तहका शाखा, उपशाखा र वडा कार्यालयहरू बन्द गर्ने निर्णय गरेको जिल्ला समन्वय समिति सप्तरीका प्रमुख प्रभाकर यादवले बताउनुभयो ।
उहाँका अनुसार दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवार प्रति हार्दिक समवेदना समेत प्रकट समेत गरिएको छ ।
चौधरीको कोरोना सङ्क्रमणका कारण आज बिहान ४ बजे उपचारको क्रममा निधन भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button