तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीमा थप ३ सय ३ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी । कैलालीमा थप ३ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज सेती प्रादेशिक अस्पतालको कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा कैलालीका २ सय ६६ जना र अन्य जिल्लाका ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताउनुभयो ।
कैलालीमा पछिल्ला दिनका कोरोना संक्रमण दर घट्दै गएको देखिन्छ । गत साता एकै दिन ६ सय भन्दा बढीमा कोरोना देखिएको थियो । यो साता देखी संक्रमण कम हुँदै गएको पाइएको चिकित्सकको भनाई छ ।
कैलालीमा हालसम्म कोरोना सङ्क्रमणबाट २ सय भन्दा बढीको मृत्यु भएको छ भने करिब ४ हजारको सङ्ख्यामा कोरोना संक्रमित रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button