तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँमा एकै दिन ११२ जना कोरोना संक्रमित थपिए, दुई को मृत्यु

तनहुँ । तनहुँमा मङ्गलवार एकै दिन ११२ जना कोरोना संक्रमित थपिएका छन् । जसमा ५० जना महिला र ६२ जना पुरुष रहेका छन् ।
त्यस्तै जिल्लाका दुई जना कोरोना सङ्क्रमितको मृत्यु  स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । व्यास नगरपालिका र देवघाट गाउँपालिकाका एक/एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको हो ।
व्यास–३ की ७० वर्षीया कोरोना संक्रमित महिलाको सोमबार फेवासिटी अस्पताल पोखरामा उपचारका क्रममा मृत्यु भएको निर्देशनालयले जनाएको छ । उहाँमा  गत जेठ २ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
यसै गरी देवघाट–५ की ६८ वर्षीया कोरोना संक्रमित महिलाको होम आइसोलेसनमा आइतबार मृत्यु भएको निर्देशनालयले जनाएको छ । उहाँमा मृत्यु पछि सोमबार  मात्रै कोरोना पुष्टि भएको थियो ।
योसँगै तनहुँमा मृत्यु हुने कोरोना सङ्क्रमितको सङ्ख्या ४६ जना पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button