तपाईँ सुन्दै हुनुहुन्छः

एसियन छनोट र इराकसँगको मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय टिमको घोषणा

काठमाडौँ । फिफा विश्वकप तथा एसियन छनोट र इराकसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टिमको घोषणा भएको छ ।
कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले मङ्गलवार २३ सदस्सीय नेपाली टिमको घोषणा गर्नुभएको हो । बन्द प्रशिक्षणमा रहेका ३२ खेलाडीबाट २३ सदस्यीय नेपाली टिम छनोट गरिएको छ । प्रशिक्षक अलमुताईरीले नेपाली टिममा ठुलो परिवर्तन गर्नुभएको छ ।
नेपाली टिमका नियमित सदस्य भरत खवास, रञ्जित धिमाल, अमित तामाङ, सेसेहाङ आङदेम्बे, रवि पासवान, निशान खड्का, विवेक बस्नेत, नितिन थापा र दर्शन गुरुङ टिमबाट बाहिरिएका छन् । सुरज जिउ ठकुरी, कमल थापा, गौतम श्रेष्ठ, आयुष घलान र मनिष डाँगी पहिलो पटक राष्ट्रिय टिममा परेका छन् ।
नेपालले यही मे २९ मा बसरा अन्तर्राष्ट्रिय मैदानमा इराकसँग मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ । नेपालले इराकसँगको मैत्रीपूर्ण खेलपछि फिफा विश्वकप छनोट र एसियन कप छनोटका बाँकी तीन खेल्नेछ । छनोटमा अब नेपालले अस्ट्रेलिया, जोर्डन र चाइनिज ताईपेसँग प्रतिस्पर्धा गर्नेछ ।
कुवेतमा हुने छनोटको बाँकी खेल अन्तर्गत नेपालले जुन ३ मा ताइपे, जुन ७ मा जोर्डन र जुन ११ मा अस्ट्रेलियासँग खेल्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button