तपाईँ सुन्दै हुनुहुन्छः

जोखिमका कारण आलोपालोमा बैङ्क चलाइने

भोजपुर । भोजपुरमा पनि दैनिक कोरोना सङ्क्रमितको सङ्ख्यामा वृद्धि हुँदै जान थालेपछि जिल्लामा सञ्चालन भएका बैङ्कका शाखाहरू बुधवारबाट आलोपालोमा सञ्चालन हुने भएका छन् ।
कोरोना सङ्क्रमणलाई मध्यनजर गर्दै भोजपुर सदरमुकाममा सञ्चालनमा रहेका बैङ्क हप्तामा आलोपालो मिलाएर सञ्चालन गर्ने निर्णय भएको हो । यो निर्णयसँगै सदरमुकाममा रहेका १५ वटा बैकका शाखा अव हप्तामा २ दिन मात्र बार मिलाएर सञ्चालन हुने छन् ।
भोजपुर नगरपालिकाले बैङ्कहरूलाई मङ्गलवार परिपत्र गर्दे सोही अनुसार निषेधाज्ञा जारी भएको अवधि आगामी जेठ १२ गतेसम्म तालिका अनुसार बैक सञ्चालन गर्न भनेको छ ।
स्थानीय प्रशासनले समेत गत वैशाख २९ गतेबाट आगामी जेठ १२ गतेसम्म निषेधाज्ञा जारी गरेको अवस्थामा यो निर्णयले बैङ्किङ सेवा प्रवाहमा समेत सहजता ल्याउने सेन्चुरी कमर्शियल बैक भोजपुरका शाखा प्रबन्धक सुवेन्द्र महतले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button