तपाईँ सुन्दै हुनुहुन्छः

भेरी अस्पतालमा जोडियो अक्सिजनसहितको ट्याङ्क

बाँके । भेरी अस्पताल नेपालगन्जमा लिक्विड अक्सिजनसहितको ट्याङ्क जडान गरिएको छ । सोमवार ट्याङ्क जडान भएको अस्पतालमा मङ्गलवार लिक्विड अक्सिजन भरिएको हो ।
भेरी अस्पताल प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापाले भारतबाट लिक्विड अक्सिजन ल्याएर भण्डारण गरिएको जानकारी दिनुभयो । डा. थापाका अनुसार २० हजार लिटर क्षमताको ट्याङ्क जडान गरिएको भोलिपल्टै लिक्विड अक्सिजन फिलिंग गरिएको हो ।
सबै सिस्टम सेट भइसकेपछि ट्याङ्कबाट लिक्विड अक्सिजन सोझै पाइप हुँदै अस्पतालका शय्यामा पुग्छ । यसले भइरहेको सिलिन्डरको तुलनामा कम मूल्यमा अक्सिजन उपलब्ध हुनुका साथै सहज रुपमा बिरामीको बेडसम्म आपूर्ति हुने अस्पतालले जनाएको छ ।
मेडिकल सुपरिटेन्डेन्ट डा. थापाका अनुसार सिलिन्डर भरेर ल्याएको भन्दा यो ढाई–तीन गुण सस्तो हुने  र यसबाट अक्सिजनको माग आपूर्ति पनि सहज हुनेछ । भेरीमा अहिले ३ सयको हाराहारीमा बिरामी रहेका छन् । जसका लागि दैनिक ४ सय थान सिलिन्डर खपत भइरहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button