तपाईँ सुन्दै हुनुहुन्छः

निषेधाज्ञा उल्लङ्घन गर्ने १९ भारतीय मोटरसाइकल बरामद 

बीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले निषेधाज्ञा उल्लङ्घन गरी अनधिकृत रुपमा भारतबाट नेपाल भित्रिएका १९ वटा भारतीय मोटरसाइकल नियन्त्रणमा लिएको छ ।
गत वैशाख १६ गतेदेखि यता घोषित निषेधाज्ञा उल्लङ्घन गरी अनधिकृत रूपमा पर्साका विभिन्न स्थानमा चलाइएका तथा कागजपत्र नभएका १९ वटा भारतीय नम्बरका मोटरसाइकलहरू जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको गस्ती टोली तथा विभिन्न स्थानमा गरिएको चेकजाँच एवं मोबाइल टोलीले बेवारिसे अवस्थामा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले बताउनुभयो ।
बरामद गरिएको मोटरसाइकलको २२ लाख ६० हजार मूल्य काम गरी आवश्यक कारबाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रवक्ता खनालले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button