तपाईँ सुन्दै हुनुहुन्छः

जुम्लामा संस्थागत आइसोलेसन बनाउन जोड 

जुम्ला । सङ्क्रमितलाई होम आइसोलेसनमा बसाल्ने नीतिले जुम्लामा संक्रमण बढ्दै गएपछि तत्काल संस्थागत आइसोलेसन बनाउनु पर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
आइसोलेसन रित्तै राखेर घरघरमा संक्रमित पठाउने नीतिले गर्दा समुदाय कोरोनाबाट आक्रान्त भएको छ । मङ्गलवारको विवरण अनुसार जुम्लामा कुल सङ्क्रमितको सङ्ख्या २ सय ७९ पुगेको छ । जसमा १ सय ५७ जना संक्रमित घरमा बसेका छन् । प्रतिष्ठानको आइसोलेसनमा २५ जना मात्रै छन् । भने, ७८ जना निको भएर घर फर्किएका छन् ।
जुम्लाका कुल संक्रमित मध्य ९३ जना चन्दननाथ नगरपालिकामै छन् । जस मध्य ९५ प्रतिशत संक्रमित घरमै बसेका छन् । तर अहिले सम्म चन्दननाथ नगरपालिकाले संस्थागत आइसोलेसन बनाएको छैन ।
तथ्याङ्क हेर्दा अधिकांश संक्रमित घरमा बस्दा लापरबाही गरेको कारण गाउँ गाउँमा संक्रमण भयावह रुपमा फैलिएको भन्दै तत्काल सबै स्थानीय तहले संस्थागत आइसोलेसन बनाउनु पर्नेमा जुम्लाका सरोकारवालाले जोड दिएका हुन् ।
संविधान सभा सदस्य ललितजङ शाहीले होम आइसोलेसनका कारण संक्रमण फैलिएको बताए  ।
बैठकमा जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्कीले संस्थागत आइसोलेसन निर्माणका लागि अन्य स्थानीय तह भन्दा नगरपालिकालाई जोड दिनुपर्ने बताउनुभयो ।
बैठकमा सहभागी सबैले होम आइसोलेसनले संक्रमण तीव्र रुपमा फैलँदो क्रममा रहेकोले संस्थागत आइसोलेसन बनाउनु पर्नेमा जोड दिएका थिए ।
जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले पनि संस्थागत आइसोलेसनमा जोड दिएका थिए ।
चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवालले नगरको आवश्यकता अनुसार संस्थागत आइसोलेसन बनाउने प्रक्रिया शुरु गर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button