तपाईँ सुन्दै हुनुहुन्छः

आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट आज सार्वजनिक हुँदै

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट आज अपराह्न सार्वजनिक गरिने भएको छ ।

संसद् विघटन भएको अवस्थामा सरकारले अध्यादेशमार्फत आज अपराह्न ४ बजे प्रधानमन्त्री कार्यालयमा विशेष कार्यक्रमको आयोजना गरी बजेट सार्वजनिक गरिने र बजेट सम्बन्धी सम्पूर्ण तयारी पूरा भएको अर्थ मन्त्रालयले जनाएको छ ।

संवैधानिक व्यवस्था अनुसार जेठ १५ मा बजेट सार्वजनिक गर्नुपर्ने भएकाले आज बजेट सार्वजनिक हुन लागेको हो ।

प्रतिनिधिसभा विघटन भएकाले बजेट अध्यादेशमार्फत ल्याउन लागिएको हो ।

आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट सार्वजनिक कार्यक्रमको रेडियो नेपालबाट प्रत्यक्ष प्रसारण गरिने छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button