तपाईँ सुन्दै हुनुहुन्छः

स्वास्थ्य क्षेत्रमा एक खर्व २२ अर्ब ७७ करोड बजेट विनियोजन

काठमाडौँ । सरकारले स्वास्थ्य क्षेत्रमा बजेट वृद्धि गरेको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सिंहदरबारमा आयोजित कार्यक्रममा आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गर्दै गत वर्षभन्दा यस वर्ष स्वास्थ्य क्षेत्रको बजेट वृद्धि गरिएको जानकारी दिनुभयो ।

उहाँले स्वास्थ्य क्षेत्रको एक खर्व २२ अर्ब ७७ करोड बजेट विनियोजन गरिएको बताउनुभयो ।

उहाँले सरकारले  कोरोना सङ्क्रमण न्यूनीकरणका लागि बजेट केन्द्रीकृत गरेको र  बजेट अभाव हुन नदिने जानकारी पनि दिनुभयो ।

यस्तै सरकारले कोभिड–१९ को रोकथाम, उपचार र नियन्त्रणका लागि रु ३७ अर्ब ५३ करोड  विनियोजन गरेको छ ।

यस्तै सरकारले कोभिड–१९ विरुद्धको खोपका लागि २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेको छ ।

त्यसैगरी सरकारले कोभिड जोखिम भत्तालाई निरन्तरता दिइएको छ ।

सम्बधित समाचार :

खोपका लागि २६ अर्ब ७५ करोड रकम विनियोजन, सबैलाई चाँडै निःशुल्क खोप

स्वास्थ्य क्षेत्रमा एक खर्व २२ अर्ब ७७ करोड बजेट विनियोजन कोभिड–१९ को रोकथाम, उपचार र नियन्त्रणका लागि रु ३७ अर्ब ५३ करोड विनियोजन

आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट सार्वजनिक (लाइभ)

सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशतले वृद्धि ज्येष्ठ नागरिक भत्ता मासिक रु ४ हजार पुग्यो

चालिस माइक्रोनभन्दा पातला प्लाष्टिकमा प्रतिबन्ध

आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट आज सार्वजनिक हुँदै

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button