तपाईँ सुन्दै हुनुहुन्छः

चालिस माइक्रोनभन्दा पातला प्लाष्टिकमा प्रतिबन्ध

काठमाडौँ । सरकारले वातावरण प्रदुषण नियन्त्रण गर्न आगामी आर्थिक वर्षदेखि ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकमा प्रतिबन्ध लगाउने भएको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सार्वजनिक गर्नुभएको आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा सो घोषणा गर्नुभएको हो ।

साथै विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गरिने उहाँले बताउनुभयो ।

आगामी आवमा चुरे तथा तराई मधेस क्षेत्रमा एक करोड ५० लाख विभिन्न प्रजातिका विरुवा रोपिने अर्थमन्त्री पौडेलले जानकारी दिनुभयो ।

त्यस्तै चुरे कार्यक्रमअन्तर्गत १ सय ६४ नदी प्रणालीमा भू-क्षय नियन्त्रणका कार्यक्रम गरिनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button