२०७६ साल चैत २८ गते शुक्रबार

तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश २

१५ दिने मध्यमा मिथिला परिक्रमाको तयारी शुरु

जनकपुरधाम । प्रत्येक बर्ष फाल्गुण शुक्लपक्ष प्रतिपदाका दिन जनकपुरकाबाट शुरु हुने १५ दिने मध्यमा मिथिला परिक्रमाको तयारी शुरु भएको छ । धनुषाको मिथिला बिहारी नगरपालिकास्थित ऐतिहासिक महत्वको मिथिला बिहारी मन्दिरबाट एक दिन अगावै औँसी तिथिका दिन फागुन ११ गते...

५ फागुन , २०७६ अजय कुमार झा

‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान उपलब्धिमूलक

सप्तरी। प्रदेश नं २ को सरकारद्वारा महिला सशक्तीकरण तथा सामाजिक सुधार गर्ने गर्ने उद्देश्यले सञ्चालित ‘बेटी पढ़ाऊ, बेटी बचाऊ अभियान’ उपलब्धिमूलक रहेको बताइएको छ । प्रदेश सरकारद्वारा सार्वजनिक गरिएको दुई वर्षको उपलब्धि विवरणमा सो कुरा उल्लेख गरिएको छ ।...

५ फागुन , २०७६ रेडियो नेपाल

प्रदेश नं २ को सरकार परिवर्तन हुँदैनः यादव

मोरङ । समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले प्रदेश नं २ को सरकार परिवर्तन नहुने बताउनुभएको छ । प्रेस नेपाल मोरङद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले प्रदेश नं २ को सरकारविरुद्ध कुदृष्टि लगाउनेहरु भए पनि राष्ट्रिय जनता पार्टीसँगको सहकार्यमा...

४ फागुन , २०७६ रासस

प्रदेश नंं २ को नामका बिषयमा सहमतिका लागि सर्वदलीय बैठक

जनकपुरधाम –  प्रदेश नंं २ को नामको बिषयमा प्रदेश सभामा सभामुखको अध्यक्षतामा सर्वदलीय बैठक बसेर आज  छलफल गरेको छ । प्रदेश नंं २ को राजधानी जनकपुरधाममा राख्ने सर्वदलीय सहमति भएको बेलामा प्रदेश नंं २ को नामको बिषयमा छलफल शुरु...

४ फागुन , २०७६ अजय कुमार झा

‘मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ’ कार्यक्रम कोइलाडीमा शुरु

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा ‘मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ’ अभियानअन्तर्गत छोरी शिक्षा बीमा/मुद्दती बचत कार्यक्रम शुरुआत भएको छ । गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहले सो कार्यक्रमको बीमा कागज हस्तान्तरण गर्दै शनिबार शुभारम्भ गर्नुभयो । पहिलो दिन शिविरमा ७ वटा वडाका...

४ फागुन , २०७६ रेडियो नेपाल

संघीयतालाई मजबुद बनाउने कार्यमा सरकार लागेको छ : मुख्यमन्त्री राउत

जनकपुरधाम । प्रदेश नंं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकार गठन भएको दुई वर्षको अवधिमा संघीयताको संस्थागत बिकासका लागि कानूनको निर्माण सहितको अनेकन कार्य गरेको बताउनु भएको छ । मुख्यमन्त्री राउतले प्रदेश नंं २ को सरकार गठन भएको...

३ फागुन , २०७६ अजय कुमार झा

प्रदेश नंं २ मा आजदेखि दादुरा रुवेला खोप अभियान शुरु

जनकपुरधाम । धनुषा जिल्लासहित प्रदेश नंं २ को एक सय ३६ पालिकामा आजदेखि दादुरा रुवेला खोप लगाउने अभियानको शुरुआत भएको छ । प्रदेश नंं २ को स्वास्थ्य सेवा निर्देशनालयले धनुषा जिल्लाको मिथिला विहारी नगरपालिकाको भूतही स्वस्थ्य सेवा केन्द्रमा दादुरा...

१ फागुन , २०७६ अजय कुमार झा

सुँगुरको खोरसँगै सुत्न बाध्यछन् रुन्तीहरु   

सप्तरी – रुन्ती मरिक सुँगुरको खोरसँगै बस्ने मात्र होइन सुत्न बाध्य हुनुहुन्छ । गएको पाँच वर्षदेखि नै सुँगुरको खोरमाथि छ उहाँको सुत्ने ठाउँ । सप्तरीको छिन्नमस्ता गाउँपालिका ५ लोखरमका गोला मरिकसँग बिहे गरेर आएदेखि उहाँ सुँगुरको खोरमाथि बनेको सानो...

२९ माघ , २०७६ नानीमैया कटवाल

बसको ठक्करबाट मोटरसाईकलमा सवार दुई जनाको मृत्यु

लहान । सिरहा–चोहर्वा सडकखण्डमा आज बिहान यात्रुबाहक बसको ठक्करबाट मोटरसाईकलमा सवार दुई जनाको मृत्यु भएको छ । सिरहाबाट धरान जाँदै गरेको ना ४ ख ९२४१ नम्बरको यात्रुबहाक बसले नरहा गाउँपालिका–५ पानबारी चोक नजिकै सदरमुकाम सिरहातर्फ आउँदै गरेको लु १६...

२७ माघ , २०७६ संजय विश्वकर्मा

पर्सामा महिलाको नाममा उद्योग दर्ता गर्ने क्रम झण्डै चार गुणाले वृद्धि

बीरगंज । पर्सामा महिलाको नाममा उद्योग तथा व्यापारिक फर्म दर्ता गर्ने क्रम झण्डै चार गुणाले वृद्धि भएको छ । राज्यले महिलालाई आर्थिक हिसाबले बलियो बनाउनका लागि उद्योग तथा व्यवसायमा राजश्व छुटको व्यवस्था गरेकाले महिला उद्यमी तथा व्यवसायीको सङ्ख्यामा वृद्धि...

२६ माघ , २०७६ ध्रुव अधिकारी
1 9 10 11 12 13 32