२०७७ साल असोज ९ गते शुक्रबार

तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश २

वीरगञ्जमा गर्भवती महिलासहित तीन सङ्क्रमित र थप एक पुरुष गरी चार जनाको मृत्यु

बीरगंज । वीरगञ्जमा कोरोना संक्रमणबाट गर्भवती महिलासहित तीन जना र कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका थप एक पुरुष गरी चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा पर्साको धोविनी गाउँपालिका वडा नम्बर ३ निवासी ७२ वर्षीय पुरुष, बाराको सुवर्ण गाउँपालिका...

११ भदौ , २०७७ ध्रुब अधिकारी

वीरगन्जमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि

वीरगन्ज । वीरगन्जको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणको क्रममा आज दिउसो थप पर्साका १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले आज दिउसो जारी गरेको प्रेस नोटमा ४ महिला र १५ पुरुष सहित १९ जनामा...

१० भदौ , २०७७ ध्रुब अधिकारी

जीतपुरसिमरा उपमहानगरपालिकामा आज थप २३ जनामा कोरोना संक्रमण पुष्टि

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा आज थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टि हुनेमा ४ जना महिला र १९ जना पुरुष रहेका कोरोना बिशेष अस्थाई अस्पतालका डा.दिपक गिरीले जानकारी दिनुभयो । संक्रमितहरुमा वडा नं....

१० भदौ , २०७७  रञ्जन यादब

चोरी गर्ने दुई पक्राउ

बर्दिवास । महोत्तरीको बर्दिबास नगरपालिका–९ पशुपतिनगरस्थित राष्ट्रिय माध्यमिक विद्यालय बनरझुल्लाबाट पत्रकार र कलाकारको संचार सामाग्री चोरी गर्ने दुई पक्राउ परेका छन् । मंगलवार राती विद्यालय परिसर भित्रबाट ल्यापटप, मोवाईल, बैंकको एटिम कार्ड, केही नगद लगायतको सामान चोरी गरेर फरार...

१० भदौ , २०७७ रामनारायण महतो

महोत्तरीमा पत्रकार र कलाकारको सञ्चार समाग्री चोरी

बर्दिवास । महोत्तरीमा पत्रकार र कलाकारको सञ्चार समाग्री चोरी भएको छ । जिल्लाको बर्दिबास नगरपालिका–९ पशुपतिनगर राष्ट्रिय माध्यमिक विद्यालय बनरझुल्लाबाट पत्रकार अमृत कुमार महतो, रोचकघोचक टेलिसिरियलका हाँस्यकलाकार कृष्णाकुमार महतोलगायतको ल्यापटप, मोवाइल, बैंकको एटिम कार्ड, नगदसहित करिव चार लाखको सामाग्री...

१० भदौ , २०७७ रामनारायण महतो

भारी परिणामका काठ सहित दुई जनालाई पक्राउ

बर्दिबास । डिभिजन वन कार्यालय महोत्तरीले बर्दिबासस्थित दुई फर्निचर उद्योगमा छापामारी गरेर भारी परिणामका काठ सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दिबास नगरपालिका—१ का सोमबहादुर बलम्पाकी र भिमबहादुर पूर्वछाने रहेको डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख हेमन्त...

१० भदौ , २०७७ रामनारायण महतो

वीरगन्जमा उपचारको क्रममा २ सङ्क्रमितको मृत्यु

वीरगन्ज । वीरगन्ज स्थित नारायणी अस्पतालको अस्थायी कोभिड वीरगन्ज हेल्थ केयर अस्पतालमा उपचारको क्रममा गए राति बाराका दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १ का ६६ वर्षीय पुरुष र बाराकै विश्रामपुर गाउँपालिका...

१० भदौ , २०७७ ध्रुव अधिकारी

दुर्घटनामा एक सशस्त्र प्रहरीको मृत्यु

सर्लाही । सर्लाहीको बरहथवा–मधुवनी सडक अन्तर्गत रामनगर गाउँपालिका–७, मा भएको सवारी दुर्घटनामा सशस्त्र प्रहरीका एक जना सहायक हवल्दारको मृत्यु भएको छ । दुर्घटनामा हरिपुर नगरपालिका–८, घर भएका ३० वर्षीय दिलिप कुमार चौधरीको मृत्यु भएको हो । कोरोना संक्रमितहरुलाई राखिएको...

९ भदौ , २०७७ अच्युतम सापकोटा

डुङ्गाबाट तस्करी गरी भारत लादै गरेको १७५ बोरा हरियो मटर बरामद

सप्तरी । डुङ्गामार्फत कोशी नदी हुँदै भारततर्फ अवैध रुपमा लैजाने तयारी गर्दै गरेको अवस्थामा एक सय ७५ बोरा मटर सशस्त्र प्रहरीले मंगलबार बिहानै नियन्त्रणमा लिएको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ११ स्थित गोबरगाढाको सप्तकोशी किनारमा बिहान ४ बजेतिर...

९ भदौ , २०७७ दिनानाथ यादव / संजीब बिक्रम शाह

सिरहाको कल्याणपुर नगरपालिकाको उपप्रमुख र अधिकृतमा कोरोना पुष्टि

लहान । सिरहाको कल्याणपुर नगरपालिकाका उपप्रमुख र निमित्त प्रमुख प्रशासकीय अधिकृत कोरोना संक्रमित भएका छन् । उपप्रमुख रोहिनी कुमारी यादव र निमित्त प्रमुख प्रशासकीय अधिकृत जयकुमार दासलाई कोरोना संक्रमण भएको हो । कोरोना संक्रमित उपप्रमुख यादव अहिले होम आइसोलेसनमा...

९ भदौ , २०७७ संजय विश्वकर्मा
1 10 11 12 13 14 78