२०७६ साल चैत २८ गते शुक्रबार

तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश २

हजार शैयाको मेडिकल कलेजको पूर्वधार निर्माण हुदैं

महोत्तरी । महोत्तरीको बर्दिबासमा बन्न लागेको प्रदेश स्तरीय बर्दिबास मेडिकल कलेजको भौतिक पूर्वधार निर्माण गर्न बिहीबार सरोकारवला पक्षँंग वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) सम्बन्धी तयार पारिएको मस्यौदामा सुझाव संकलन गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एक हजार शैयाको...

२२ फागुन , २०७६ रामनारायण महतो

राजविराज नगरपालिकामा स्तनपान कक्ष निर्माण

सप्तरी । राजविराज नगरपालिकाले कार्यालय परिसरमा स्तनपान कक्ष निर्माण गरेको छ । शिशु बोकेर कार्यालय आउने सेवाग्राही महिलालाई लक्षित गरी नगरपालिकाले पहिलो पटक स्तनपान कक्ष निर्माण गरेको हो । सार्वजनिक स्थलमा शिशुलाई स्तनपान गराउँदा महिलाहरुलाई हुने असजिलोलाई ध्यानमा राखेर...

२२ फागुन , २०७६ संजीव बिक्रम शाह

कोरोना भाइरसको कारण होली पर्वमा बीरगंजमा आयोजना हुने सम्पूर्ण सार्वजनिक कार्यक्रम स्थगित

बीरगंज । कोरोना भाइरसबाट तराई मधेशको प्रमुख चाडको रुपमा रहेको होली पर्व नराम्रो सँग प्रभावित हुने भएको छ । आपसमा रङ्गारङ्ग गरी बिभिन्न रङ्ग लगाएर भव्यका साथ मनाईने होली पर्वमा कोरोना भाईरस फैलिन सक्ने आशंकाले होली पर्व भिडभाडमा नमनाउन...

२१ फागुन , २०७६ ध्रुव अधिकारी

कोराना भाइरसबाट बच्न आ–आफ्नो ठाउँबाट सबैले सावधानी अपनाउन आग्रह

महोत्तरी । बर्दिवास नगरपालिकाले कोराना भाइरस(कोभिड–१९) बाट बच्न आ–आफ्नो ठाउँबाट सबैले सावधानी अपनाउन आग्रह गरेको छ । बर्दिवास नगरपालिकाले आज पत्रकार सम्मेलन आयोजना गर्दै अहिले नै डराउनुपर्ने अवस्था नरहेपनि सावधानी अपनाउन र सचेत रहन आग्रह गरेको हो । पत्रकार...

२१ फागुन , २०७६ बिक्रम रौनियार

सङ्घीय सरकारले पुरानै मानसिकतालाई महत्व दियो : मुख्यमन्त्री राउत

जनकपुरधाम। प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले जनकपुरधामलाई राजधानी, पहिचान, विशिष्टता र आवश्यकतालाई ध्यानमा राखी दूरगामी सोच निर्धारण गर्नुपर्ने औँल्याउनुभएको छ । जनकपुरधाम उपमहानगरपालिकाद्वारा आज यहाँ आयोजित ‘जनकपुरधाम सन् २०४० ः दूरगामी सोच निर्धारण तथा समावेशी आर्थिक योजना...

२० फागुन , २०७६ रेडियो नेपाल

निर्वाचनमार्फत स्थायी राजधानीको टुङ्गो लगाउने तयारी

धनुषा। प्रदेश नं २ को नामकरण र स्थायी राजधानीबारे सहमति जुटाउन नसकेपछि प्रदेशसभामा निर्वाचनमार्फत राजधानी र नामको टुङ्गो लगाउने तयारी भएको छ । प्रदेशसभा सचिवालयले मतदानमार्फत प्रदेश नं २ को नाम र स्थायी राजधानी टुङ्गो लाग्ने भएको जनाएको हो...

२० फागुन , २०७६ रेडियो नेपाल

कोरोनाको हल्लाले जनकपुरमा मास्कको कृत्रिम अभाव

जनकपुरधाम । कोरोना भाईरसको हल्लाका कारणले जनकपुरधाममा साधारण मास्क ेखि मेडिकेटेड मास्कको व्यापक मात्रामा कृत्रिम अभाव सृजना गरिएको छ । खास गरेर मास्क नपाएपछि स्वास्थ्य क्षेत्रमा काम गर्नेदेखि सर्वसाधारण व्यक्तिसम्म समस्यामा परेका छन् । जनकपुरधाममा रहेका औषधी पसलदेखि सर्जिकल...

१९ फागुन , २०७६ अजय कुमार झा

१५ दिने मिथिला परिक्रमाका यात्रीहरु धनुषाको पर्वतामा

जनकपुरधाम । १५ दिने मध्यमा मिथिला परिक्रमाका यात्रीहरु आज धनुषा जिल्लाको पर्वता आईपुगेका छन् । धनुषाको धनुषाधामा नगरपालिकाको पर्वतामा आईपुग्दा धनुषाधाम नगरपालिकाका प्रमुख बालेश्वर मण्डल, उप–प्रमुख सहित स्थानीय बाँसी, धनुषाधाम उद्योग वाणिज्य संघका पदाधिकारीहरुले परिक्रमा बाँसीलाई भव्य रुपमा स्वागत...

१९ फागुन , २०७६ अजय कुमार झा

दादुरा रुवेला खोप अभियानको अभिमुखिकरण कार्यक्रम सम्पन्न

बीरगंज । पर्साको कालिकामाई गाउँपालिकाको आयोजनामा दादुरा रुवेला खोप अभियान २०७६ सम्बन्धी पालिका स्तरिय अभिमुखिकरण कार्यक्रम आज सम्पन भएको छ । गाउँपालिकाका स्वास्थ्य संयोजक जोगिन्द्र प्रसाद चौरसियाको अध्यक्षतमा सम्पन्न कार्यक्रममा वडाअध्यक्ष रामाशिष यादव, सोनालाल चौरसिया, छोटेलाल चौरसिया लगायतकाले अभियानलाई...

१९ फागुन , २०७६ ध्रुव अधिकारी

नेपाल फोटो पत्रकार महासंघ प्रदेश २ को अध्यक्षमा पंकज श्रेष्ठ चयन

बीरगंज । नेपाल फोटो पत्रकार महासंघ प्रदेश २ को अध्यक्षमा पंकज श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । महासंघको आज सिमरामा सम्पन्न प्रथम अधिवेशनले श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय प्रदेश कमिटी चयन गरेको हो । कमिटीको उपाध्यक्षमा प्रभातकुमार झा, महासचिवमा दिवाकर...

१९ फागुन , २०७६ ध्रुव अधिकारी
1 6 7 8 9 10 32