२०७६ साल मंसिर २७ गते शुक्रबार

तपाईँ सुन्दै हुनुहुन्छः

विदेश

कङ्गोमा विमान दुर्घटना, २३ को मृत्यु

गोमा, प्रजातान्त्रिक गणतन्त्र कङ्गो । आइतबार कङ्गोमा भएको विमान दुर्घटनामा परी कम्तीमा २३ जनाको मृत्यु भएको उद्धारकर्मीहरूले जनाएका छन् । विमानले धावन मार्गबाट उडान भरेको केही समयभित्रमा नै विमानमा प्राविधिक समस्या आएर प्रजातान्त्रिक गणतन्त्र कङ्गोको घना वस्तीमा खसेको थियो...

८ मंसिर , २०७६ रेडियो नेपाल

कोलमबियामा तीन दिनदेखि सरकार विरोधि प्रदर्शन

काठमाडौं । कोलम्बियामा विगत तीन दिनदेखि जारी सरकार विरोधि प्रदर्शन थप हिंस्रक भए पछि कोलम्बियाका राष्ट्रपति इभान डुकेले सेनालाई थप केही दिन सडकमै तैनाथ गरिने बताउनुभएको छ । हिजो भएको प्रदर्शनमा, प्रदर्शनकारीले सुरक्षाकर्मी माथि आक्रमण गर्नुका साथै तोडफोड र...

८ मंसिर , २०७६ रेडियो नेपाल

हाइटीमा खाद्य असुरक्षा बढ्दै गएकोमा संयुक्त राष्ट्रसंघद्वारा चिन्ता व्यक्त   

संयुक्त राष्ट्रसंघ –  लामो समयदेखिको राजनीतिक अस्थिरताका साथै खडेरी र मौसमको प्रतिकुलताका कारण हाइटीमा खाद्य असुरक्षा बढ्दै गएकोमा संयुक्त राष्ट्रसंघले चिन्ता व्यक्त गरेको छ । हालैका महिनाहरुमा यहाँको ठूलो जनसंख्याले खाद्यान्न अभाव झेलिरहेकोमा अब थप नागरिक यसको समस्यामा पर्न...

७ मंसिर , २०७६ रेडियो नेपाल

पश्चिम भारतमा सडक दुर्घटना बाह्रको मृत्यु   

नयाँ दिल्ली   – भारतको पश्चिम राज्य राजस्थानमा शनिबार बिहान भएको एक बस दुर्घटनामा परी कम्तीमा १२ व्यक्तिको मृत्यु भएको छ ।     यस दुर्घटनामा एक बालक र पाँच महिलासहित १२ को मृत्यु हुनुको साथै अन्य १० जना घाइते भएका स्थानीय...

७ मंसिर , २०७६ रेडियो नेपाल

इराकमा जातिय नेताले गर्न लागेको भेलाको विरोध गर्दै हजारौं सर्वसाधरण सडकमा

काठमाडौं । इराकमा जारी सरकार विरोधी प्रदर्शनलाई संबोधन गर्न प्रधानमन्त्री अदिल अब्दुल महदीले बोलाउनु भएको जातिय नेताहरुको भेलाको विरोध गर्दै राजधानी बगदाद स्थित तह्रिर चोकमा हजारौं सर्वसाधारण उत्रेका छन् । हिजो भएको विरोध प्रदर्शनमा तीन प्रदर्शनकारीहरुको मृत्यु भएको थियो...

७ मंसिर , २०७६ रेडियो नेपाल

इजरायली प्रधानमन्त्री बेन्जामिनलाई लाग्यो भ्रष्टाचार र ठगीको अभियोग

काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतायाहुलाई इजरायलका महान्याधिवक्ताले, तीन भिन्न मुद्धासँग सम्बन्धित भ्रष्टचार, ठगी र विश्वासको उल्लंघन गरेको अभियोग लगाएका छन् । यसैगरी इजरायली प्रधानमन्त्री नेतायाहुलाई धनी व्यापारीहरुबाट उपाहार लिने गरेको समेत आरोप लागेको छ । प्रधानमन्त्री नेतायाहुले पछिल्लो...

६ मंसिर , २०७६ रेडियो नेपाल

भोलिभियाको इन्धन प्रसोधन केन्द्रमा झडप, ८ को मृत्यू

काठमाडौं । बोलिभयाका पूर्व राष्ट्रपति इभो मोरालिस समर्थक र सुरक्षाकर्मीबीच एक इन्धन प्रशोधन केन्द्रमा भएको झडपमा ८ जनाको मृत्यू भएको छ । अन्तरिम राष्ट्रपति जिएनिन एनिजको राजिनामाको माग राख्दै मोरालिसका समर्थकहरुले विगत केही दिनदेखि बोलिभयाको विभिन्न स्थानमा प्रदर्शन गर्दैआएका...

६ मंसिर , २०७६ रेडियो नेपाल

हाइटीमा खाद्य असुरक्षाको खतरा बढ्दै 

संयुक्त राष्ट्रसंघ –  राजनीतिक अस्थिरताका कारण हाइटीमा लामो समयदेखि विरोध प्रदर्शनहरु जारी रहेका छन् । जसका कारण यहाँ खाद्य असुरक्षा बढ्दै गएको बताइएको छ । राजनीतिक अस्थिरताका कारण यहाँ महिना दिन भन्दा लामो समयदेखि सरकारका विरुद्धमा प्रदर्शनहरु जारी रहेका...

५ मंसिर , २०७६ रेडियो नेपाल

थाइल्याण्डमा ६.४ म्याग्नीच्युडको भूकम्प   

बैंकक – थाइल्याण्ड र लाओसको सीमा क्षेत्रमा बिहीबार बिहान ६।४ म्याग्नीच्युडको भूकम्प गएको छ ।  भूकम्पका कारण त्यस क्षेत्रका बासिन्दा त्रसित भएका अधिकारीहरुले जानकारी दिएका छन् । थाइल्याण्डको मौसम विज्ञान विभागका महानिर्देशक सोम्साक खावसुवानले १०० भन्दा बढी कम्पन भएको...

५ मंसिर , २०७६ रेडियो नेपाल

राजिनामा दिने श्रीलङ्काका प्रधानमन्त्रीको तयारी   

कोलम्बो –  श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिंघेले आज बुधबार राजिनामा दिने तयारी गर्नुभएको छ । राष्ट्रपतिका रुपमा गोटाबाया राजापाक्षे निर्वाचित हुनु भएपछि प्रधानमन्त्री विक्रमासिंघेले राजिनामा दिने तयारी गर्नु भएको हो । नयाँ राष्ट्रपतिलाई आफ्नो अनुकुलको सरकार गठनका लागि मार्गप्रसस्त गरिदिन...

४ मंसिर , २०७६ रेडियो नेपाल
1 2 3 4 5 6 39