२०७७ साल असार १८ गते बिहीबार

तपाईँ सुन्दै हुनुहुन्छः

कला-साहित्य

चिनियाँ कविको ‘आमाको हात’

काठमाडौँ, २० कात्तिक – चिनियाँ हिमाली कवि जिदी माजियाद्वारा लिखित कवितासङ्ग्रह ‘मदर्स ह्याण्ड’को नेपाली अनुवादसहित ‘आमाको हात’ प्रकाशनमा आएको छ । निराला पब्लिकेशन्स नयाँदिल्लीले प्रकाशन गरेको द्विभाषी सो कृति युयुत्सु आरडी शर्माले अङ्ग्रेजीबाट अनुवाद गर्नुभएको हो । तीन भागमा विभाजित...

२० कार्तिक , २०७६ रेडियो नेपाल

जीवन काँडा कि फूल’ शुक्रबारदेखि प्रदर्शन हुँदै

काठमाडौँ । साहित्यकार झमककुमारी घिमिरेको कृति ‘जीवन काँडा कि फूल’ मा आधारित चलचित्र यही कात्तिक २२ गतेदेखि देशभर प्रदर्शन हुँदैछ । उक्त कृतिमा आधारित रही चलचित्रमा निर्देशक विनोद विष्टले घिमिरेको जन्मदेखि मदन पुरस्कार प्राप्त गरेको समयसम्मलाई समेट्नुभएको छ ।...

१९ कार्तिक , २०७६ रेडियो नेपाल

वीरगंजमा चलचित्र महोत्सवको तयारी अन्तिम चरणमा

वीरगंज – बीरगंजमा हुन लागेको स्वर्णिम चलचित्र महोत्सवको आवश्यक सम्पुर्ण तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । आगामी कार्तिक २१, २२ र २३ गते आयोजना हुने महोत्सवको उदघाटन राष्ट्रपति बिद्यादेबी भण्डारीले गर्ने कार्यक्रम तय भएको आज आयोजित पत्रकार...

१७ कार्तिक , २०७६ ध्रुव अधिकारी

‘प्रगतिवादी समालोचना’ सार्वजनिक

काठमाडौं । ‘प्रगतिवादी समालोचना’ सार्वजनिक दर्शनशास्त्रका अध्येता गोपीरमण उपाध्यायको समालोचना कृति ‘प्रगतिवादी समालोचना’  सार्वजनिक गरिएको छ । नेकपा (क्रान्तिकारी–माओवादी)का महासचिव मोहन वैद्यले सो कृतिको विमोचन गर्नुभयो । उक्त कृतिको विमोचन गर्दै महासचिव वैद्यले नेपाली कम्युनिष्ट आन्दोलनमा अध्ययनलाई प्रोत्साहन नगर्ने...

१७ कार्तिक , २०७६ रेडियो नेपाल

महाकविलाई सम्झँदै विसङ्गतिविरुद्ध व्यङ्ग्य  

 काठमाडौँ– महाकवि लक्ष्मीप्रसाद देवकोटालाई सम्झँदै कवि, कवयत्री, कलाकार, पत्रकार, गायक र चलचित्रकर्मीहरुले आज काठमाडौँमा विकृति, विसङ्गति, माया, प्रेम, शान्ति र समानताका विषय आ–आफ्ना रचनामार्फत छरपष्ट पारेका छन् । छन्दमा समेटिएका कवितामा मात्रै होइन स्रष्टाका मुक्तक र गजलमा उपस्थित दर्शक...

१६ कार्तिक , २०७६ नारायण ढुङ्गाना    

विश्व शहरीकरण दिवसका अवसरमा चित्रकला प्रतियोगिता

कञ्चनपुर – कञ्चनपुरको पुनर्वासमा राष्ट्रिय आवास कम्पनी त्रिभुवन बस्तीले विश्व शहरीकरण दिवसका अवसरमा चित्रकला प्रतियोगिता आयोजना गरेको छ । आज बिहिबार आयोजित माध्यमिक तह स्तरीय अन्तर विद्यालय चित्रकला प्रतियोगितामा सरस्वती मावि, मोतिबस्ती प्रथम भएको छ । त्यस्तै, उक्त प्रतियोगितामा...

१४ कार्तिक , २०७६ हरिश चन्द्र बाग

देउसीभैलोमार्फत पञ्चेबाजा संरक्षणमा युवा

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–१० का युवाले पञ्चेबाजा संरक्षणका लागि देउसीभैलो खेलेका छन् । उनीहरुले पञ्चेबाजासहित देउसीभैलो खेलेका हुन् । पछिल्लो समयमा पञ्चेबाजा लोह हुँदै जान थालेपछि देउसीभैलोसँगै पञ्चेबाजालाई जोड्न थालेको युवा अगुवा लोकेन्द्र गिरीले बताउनुभयो । युवाले पञ्चेबाजा...

१३ कार्तिक , २०७६ रेडियो नेपाल

देवकोटाका कृतिले नेपाली साहित्यलाई सदा मार्गदर्शन गर्नेछन् : प्रम

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११०औंँ जन्मजयन्तीका अवसरमा महाकवि देवकोटाप्रति श्रद्धासुमन अर्पण गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आज ट्विट गर्दै उहाँका अजरअमर कृतिले नेपाली साहित्यलाई सदा मार्गदर्शन गरिरहने विश्वास व्यक्त गर्नुभएको छ ।...

१० कार्तिक , २०७६ रेडियो नेपाल

आज महाकवि देवकोटाको १११ औँ जन्मजयन्ती, विविध कार्यक्रम गरी मनाईदैं

काठमाडौं । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको १११ औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो ।...

१० कार्तिक , २०७६ रेडियो नेपाल

राष्ट्रकवि घिमिरेलाई शिला स्रष्टा सम्मान   

काठमाडौँ-   राष्ट्रकवि माधव घिमिरेलाई विसं २०७५ को मदन शिला स्रष्टा सम्मान अर्पण गरिएको छ । मदन शिला प्रतिष्ठानद्वारा स्थापित सो पुरस्कारको राशि रु एक लाख एक हजारसहित सम्मानपत्र रहेको छ । यसैगरी प्रतिष्ठानले सोही वर्षको साहित्यिक पत्रकारिता पुरस्कार...

७ कार्तिक , २०७६ रेडियो नेपाल
1 12 13 14 15 16 24