२०७६ साल फागुन १५ गते बिहीबार

तपाईँ सुन्दै हुनुहुन्छः

कला-साहित्य

ऋषित तर्पणी पर्व मनाईयो

काठमाडौं । हिन्दुधर्मावलम्बीहरुले आज ऋषित तर्पणी अर्थात जनै पूर्णिमा पर्व मनाएका छन् । जनै लगाउनेले आज ऋषिहरुको सम्झना गर्दै नजिकैको जलाशय तथा धारामा गई स्नान गरी विशेष मन्त्रद्धारा मन्त्रिएको जनै लगाउने गर्दछन् । यसै अवसरमा आफ्नो सुरक्षाका खातिर जप...

३० साउन , २०७६ रेडियो नेपाल

वैदिक साहित्यमा माक्र्सवादी विवेचना भर्ने व्यक्तित्व दीक्षित

काठमाडौँ ।मदनमणि दीक्षित । वैदिक साहित्यलाई माक्र्सवादी विचारका आधारमा विवेचना गर्न सक्ने सीमित लेखकमध्ये अग्रपङ्क्तिमा लिइने नाम हो । रक्षाबन्धनका दिन बिहानै तिनै मूर्धन्य स्रष्टा दीक्षितको निधनको खबरले नेपाली राजनीति, साहित्य, पत्रकारिता र पाठक वर्ग स्तब्ध भएको छ ।...

३० साउन , २०७६ रेडियो नेपाल

वरिष्ठ साहित्यकार दीक्षितको निधन

काठमाडौँ । वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको ९७ वर्षको उमेरमा आज निधन भएको छ । निमोनियाका कारण गत साता ललितपुरको सुमेरु अस्पतालमा भर्ना भएका उनलाई बुधबार ‘डिस्चार्च’ गरी निवास कालिकास्थान ल्याइएको थियो । निवासमा शौचालय जाँदा बेहोस भएका उनलाई कमलपोखरीस्थित हिमाल...

३० साउन , २०७६ रेडियो नेपाल

मध्यपुर थिमिमा रातभर जाग्दैछन् देवी देवता

भादगाउँ । भूतप्रेत, पिशाचलगायत दानवहरुलाई भगाउन गाईजात्राको भोलिपल्ट अर्थात शनिवारदेखि चार रात मध्यपुर थिमिमा भैरव, महाकाली, निलवाराही लगायतका देवी देवता जाग्ने भएको छ । मल्लकालीन समयमा मध्यपुर थिमि क्षेत्रमा भूतप्रेत, पिशाच, डाकिनीलगायत दानवरूपी आत्माले सा¥है दुःख कष्ट दिन थाले ।...

२९ साउन , २०७६ रेडियो नेपाल

आज विश्वभर धुमधामका साथ बकर इद मनाइँदै

काठमाडौं । मुस्लिम धर्मावलम्बीहरुको महान चाड बकर इद आज विश्वभर धुमधामका साथ मनाईंदै छ  ।बकर इद मनाउन आज बिहानैदेखि मुस्लिम समुदायहरु मस्जिदमा भेला भएका छन् ।रमजानको ७० औं दिनमा मनाइने यो पर्वमा अल्लाहलाई खुशी राख्न मुस्लिम समुदायले धर्मअनुसार जायज...

२७ साउन , २०७६ रेडियो नेपाल

आज विश्व आदिवासी जनजाति दिवस, विविध कार्यक्रम गरि मनाइँदै

काठमाडौं – आज विश्व आदिवासी जनजाति दिवस, ‘सम्पूर्ण उत्पीडित जाति एक हौंँ, २५औँ आदिवासी दिवस आन्दोलनका रूपमा मनाऔंँ, पहिचानसहितको सङ्घीयताका लागि सङ्घर्ष गरौं भन्ने नाराका साथ नेपाललमा विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । काठमाडौंसहित देशैभर विभिन्न कार्यक्रम गरी...

२४ साउन , २०७६ रेडियो नेपाल

पुरातात्विक तथा सांस्कृतिक सम्पदाहरुको पुनर्निर्माण

काठमाडौं । २०७२ साल बैशाख १२ को भूकम्प र त्यसपछिका परकम्पबाट क्षति पुगेका सांस्कृतिक सम्पदाहरुमध्ये ३८० वटाको पुनर्निर्माण सम्पन्न भएको छ । पुनर्निर्माण सम्पन्न पुरातात्विक सम्पदाहरुमध्ये विश्व सम्पदा सूचीभित्रका ९६ वटा छन् भने विश्व सम्पदा सूचीबाहिरका २ सय ८४...

२३ साउन , २०७६ रेडियो नेपाल

सुन्दरीजलबाट पशुपतिमा लाखौँ बोलबम यात्री

काठमाडौं । साउनको तेस्रो सोमबार बिहानैदेखि वाग्मतीको शिरो भाग सुन्दरीजलबाट शुद्ध जल ल्याई पशुपतिनाथ मन्दिरमा अर्पण गर्ने भक्तजनको भीड लागेको छ । बोलबम काँवरिया सङ्घको आयोजनामा शुद्ध जल लिन लाखौँ भक्तजन आइतबार बेलुकी नै सुन्दरीजल आइपुगेका थिए । सङ्घले आइतबार...

२० साउन , २०७६ रेडियो नेपाल

ऐतिहासिक सम्पदा साततले दरबार पुनर्निर्माण हुँदै

  नुवाकोट । विनाशकारी भूकम्पले क्षतिग्रस्त बनेको नुवाकोटको साततले दरबार चाइनिज  एकेडेमी अफ कल्चरल हेरिटेजले साततले दरबार पुनर्निर्माण गरिरहेको छ । दरबारलगायत आसपासका सबै संरचनालाई संरक्षण गर्दै पुनर्निर्माण शुरु गर्ने चिनियाँ टोलीले जनाएको छ । दरबार क्षेत्रभित्रको सात तले...

२० साउन , २०७६ रेडियो नेपाल

पूर्वराजाको पुस्तक विमोचन हिमानीले गरिन्

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको पुस्तक सन्देश संग्रह विमोचन भएको छ । आइतकबार हिमानी ट्रष्टको कार्यलयमा पत्रकार सम्मेलन गरी पूर्व युवराज्ञी हिमानी शाहले पुस्तक सार्वजानिक गरिन् । पुस्तक बिक्रिबाट आएको रकम हिमानीले स्थापना गरेको ट्रष्टको फन्डमा जाने पनि पत्रकार...

१९ साउन , २०७६ रेडियो नेपाल
1 17 18 19 20 21